१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
पवन बराइली नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:११:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

प्रकृति दोहनको चित्र ‘हिउँको पृथ्वी यात्रा’ 

Read Time : > 1 मिनेट
पवन बराइली, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:११:oo

सामान्य अवस्थामा नदी निर्जीवजस्तो लागे पनि नाटक हेर्दा नदीको आफ्नै जीवन हुने रहेछ भन्ने अनुभव हुन्छ । नाटकले दर्शकलाई नदीको पनि मानिसको जस्तै जीवनचक्र हुन्छ भन्ने बुझाउँछ ।

हिमालमा हिउँ रित्तिए के हुन्छ होला ? खोला सुके खेतबारीमा सिँचाइ कसरी गर्ने ? बिजुली कसरी निकाल्ने ? कहाँको पानी पिउने ? यस्तै प्रश्नहरूको जवाफ हो– शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको यात्रा पृथ्वी’ । 

घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकले नदीको यात्रा, संघर्ष र अनुभूतिलाई कलाकारको शरीरमा ल्याएर मञ्चमा उतारेको छ । नाटकमा तराईको एक निम्नवर्गीय परिवारलाई बिम्ब बनाएर कथा बुनिएको छ । 

मानिसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा बाढी–पहिरोजस्ता विभिन्न विपत् भोग्न बाध्य भएको चित्रण नाटकमा गरिएको छ । अव्यवस्थित संरचना, प्राकृतिक स्रोतसाधनको जथाभावी प्रयोग र दुरुपयोग नाटकमा देखाइएको छ । हिउँ र नदीको यात्राको उतारचढाव नाटकमा देखाइएको छ । पृथ्वीमा देखिँदै गएका संकटलाई नदी र हिमालसँग जोडिएको छ ।

नाटकभित्रको कथा
तराईको भित्री बस्तीको एक परिवार । जहाँ आमा, श्रीमती र दुई छोरा–छोरी गरी पाँचजना छन् । उनीहरूको जीवन खोला र माछासँग जोडिएको छ । तर, बिजुली निकाल्न खोला थुन्छन्, खोलामा पानी सुक्छ । समयमा पानी पर्दैन । नदी, खोला, पोखरी, धारा सबै सुकिसके । जमिन सुक्खा भइसक्यो । किरा–फट्यांग्रासमेत बाँच्ने अवस्था छैन । आकाशमा एक चोक्टा बादल देखिँदैन । आकाश गर्जिन्छ, तर बर्सिंदैन । मुसाहरू दुलोभित्र पस्न नसकेर बाहिर निस्किएका छन् । बोटबिरुवा सुकेका छन् ।

आकाशबाट पानी परे भाँडाभरि पानी हुनेछ र आँत हराभरा हुनेछ, यस्तै सपना देखेको हुन्छ त्यो परिवारले । बोटबिरुवा हरिया हुनेछन् । आकाशको पानी थाप्नलाई खुसी हुँदै भाँडा थाप्छन् । तर, आकाश गर्जिन्छ मात्रै, पानी पर्दैन । त्यो परिवार संकटमा फस्दै जान्छ । नाटकले जलवायु परिवर्तनले समयमा पानी नपर्दा व्याकुल भएको एउटा परिवारको पीडालाई चित्रण गरेको छ । 

प्रचारबाजी राजनीतिमाथि व्यंग्य
नाटकको ‘क्लाइमेक्स’ रोचक र विचित्रको छ । राजनीतिक दलका नेताहरू बाढीले परिवार गुमाएर विरक्तिएका बाबु–छोरालाई भेट्न पुग्छन् । तर, पीडितको सहयोग गर्नुसट्टा पीडितसँग फोटो खिच्ने, सेल्फी खिच्ने होड चल्छ । नाटकले वर्तमान राजनीतिक प्रचारबाजीलाई पनि कडा रूपमा व्यंग्य गरेको छ । एक घन्टाको नाटकमा नदी निर्जीवजस्तो लागे पनि नदीको आफ्नै जीवन छ भन्ने अनुभव हुन्छ । दर्शकले नाटक हेर्दा नदीको पनि मानिसको जस्तै जीवनचक्र रहेछ भन्ने बुझ्छन् । नाटक १५ साउनसम्म मञ्चन हुनेछ । 

ad
ad