१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ७ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपभोक्ताको अहित हुन नदिन सम्बन्धित पक्ष सचेत हुनुपर्छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ७ शनिबार १७:१५:००

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आमउपभोक्ताहरूको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरूको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षहरू सचेत हुनुपर्ने बताए । 

नेता सिंहले संविधानले व्यवस्था गरेको आमउपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘संविधानको भावना र मर्मअनुसार आमउपभोक्ताहरूलाई संरक्षण दिनुपर्ने अधिकारहरू के–के आएका छन् ? भन्ने कुरा पहिले जानकारी राख्नु पर्दोरहेछ । अब इन्फरमेसन नै भएन भने गाह्रो हुन्छ । यो महासंघको माध्यमबाट उपभोक्ताहरूलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउनुपर्दछ,’ उनले भने, ‘हस्पिटलमा होस् कि रेस्टुरेन्टहरूमा, सपिङ मलहरूमा होस् कि अन्य ठाउँहरूमा, उपभोक्ताको अहित हुने काम गर्न नदिन उपभोक्ता अधिकारसँग सम्बन्धित संस्थाहरूले ध्यान दिनुपर्दछ ।’

नेता सिंहले उपभोक्ताहरूलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था पनि मिलाउनुपर्ने बताए ।