१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ६ शुक्रबार १५:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नेपाल–भारत सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेछ : नवनिर्वाचित भारतीय राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १५:४४:oo

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले छिट्टै नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित भएकोमा दिएको बधाई सन्देशको प्रतिउत्तरमा मुर्मूले यस्तो विश्वास व्यक्त गरेकी हुन् । 

आफ्नो ट्विटर ह्यान्डलबाट प्रधानमन्त्री देउवालाई लेखेकी छिन्, ‘तपाईंको न्यानो हार्दिकतापूर्ण बधाईका लागि धन्यवाद छ । मेरो पनि विश्वास छ कि छिट्टै नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान् सम्बन्धले छिट्टै नयाँ उचाइ हासिल गर्नेछ ।’ 

भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी मुर्मूलाई प्रधानमन्त्री देउवाले ट्विटरबाट बधाई सन्देश पठाएका थिए । प्रधानमन्त्री देउवाले नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको जनाएका थिए ।