मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ६ शुक्रबार १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन सरकारको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १२:o५:oo

पछिल्लो समय कोभिड– १९ को संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न–गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित सबैलाई सावधानीका उपाय अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले विमानस्थल, सार्वजनिक यातायात, कार्यालयहरू तथा भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था गर्न भनेको छ। त्यसैगरी, संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न पनि मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

अन्तर्राष्ट्रिय नाकाहरूमा निगरानी बढाउन, कोभिडविरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न तथा बुस्टर डोज लगाउने समय भएकाहरूलाई खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ।