१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ श्रावण ४ बुधबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विष्फोटक पदार्थ युरेनियम बिक्री गर्ने गिरोहको आशंकामा १५ जना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण ४ बुधबार १७:३४:००

विष्फोटक पदार्थ युरेनियम ओसारपसार गरेर बिक्री गर्ने गिरोहको आशंकामा मोरङ प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका ९ कलेज रोडमा रहेको ठूल्दाइको होटेलमा कोठा लिएर दुई-तीन दिनदेखि बस्दै आएका नौजना र विराटनगरको कञ्चनबारीबाट युरेनियम भनेर बिक्री गर्ने तयारी गर्दैगर्दा ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।  

विशेष सूचनाको आधारमा ३ साउनमा पक्राउ गरिएका उनीहरूबाट दुई केजी बढी युरेनियमजस्तै देखिने शंकास्पद पदार्थ मोरङ प्रहरीले बरामद गरेको छ। मोरङ प्रहरीका एसपी शान्तिराम कोइरालाका अनुसार ठूल्दाइको होटेलबाट १ केजी ८७.३ ग्राम र कञ्चनबारीबाट नौ सय ७८ ग्राम युरेनियम जस्तो शंकास्पद वस्तु प्रहरीले बरामद गरेको  छ । 

होटेलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिकानिवासी ४१ वर्षीय शिवशंकर पासवान, ३७ वर्षीय मुकेश शाह, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, कटहरी गाउँपालिका - २ का ४० वर्षीय दिलीपकुमार शर्मा, विराटनगर महानगरपलिका- १२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका- ७ का ३५ वर्षीय गोपाल मगर छन् । यसैगरी, खोटाङ हलेसी नगरपालिका - ९ का  ३२ वर्षीय किरण राई  छन् ।

 यसैगरी, विराटनगरकै कञ्चनबारीबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका- ८ का ४५ वर्षीय जीवन गुरुङ, महोत्तरीको मङ्हा नगरपालिका- ६ का ४२ वर्षीय अब्दुलगनी खान, मनोरासिसवा नगरपालिका- ३ का ४९ वर्षीय उमेशप्रसाद यादव, बर्दिबास नगरपालिका- १२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङ ग्रामथान गाउँपालिका- ३ का ५५ वर्षीय  रवीन्द्र गच्छेदार मकवानपुर बागमती गाउँपालिका- ५ का ३६ वर्षीय दीपकबहादुर भ्लोन र सिन्धुली कमलामाई नगरपालिका- ५ का २८ वर्षीय श्याम घिमिरे छन् ।