१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले आफ्नो महत्वपूर्ण मान्छे खोज्न छोडेर सिसिक्यामेरा खोज्दै हिँड्छ :  सांसद महत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १३:३६:००

नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्ष दल नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताए ।  एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसिक्यामेरा खोज्दै हिँडेको टिप्पणी गरे ।

उनले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरूले नै खोजी थाल्नुपर्ने व्यंग्य गरे ।  

सांसद महतले भने, ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरतिर । यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रीय सदस्य हराउनुभएको छ । उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्ष गर्छ । मैले अनौठो मानिरहेको छु । सरकार विद्यार्थीको जिम्मा लगाइदिएको छ त्यो खोजी गर्ने । प्रतिपक्ष आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सिसीिक्यामेरा खोज्दै हिँडेको छ । सिसिक्यामेरा खोज्ने एउटा समिति बनिसकेको छ, त्यत्रो महत्वपूर्ण मान्छे हराएको छ, त्यो खोज्ने कुनै समिति बनेकै छैन अहिलेसम्म । यो कसले खोजिदिने ? एम अधिकारी हराएको हुनाले त्यो थरका मान्छेहरूले सरकारले, प्रतिपक्षले नखोजे पनि एम अधिकारी खोज्नुपर्‍याे । अरू कसलाई भनौँ म ?’