मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २ सोमबार २१:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियर दिवस : सात विधामा सम्मान गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २ सोमबार २१:४५:oo

६०औँ इन्जिनियर दिवसको तयारी पूरा भएको छ। नेपाल इन्जिनियर्स एसाेसिएसनले सोमबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो। एसाेसिएसनले मंगलबार राजधानीमा विशेष कार्यक्रम र देशभर विभिन्न कार्यक्रमका साथ दिवस मनाउने तयारी गरेको बताएको छ । 

एसोसिएनका अध्यक्ष डा हरि दर्लामीका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मुख्य कार्यक्रम र प्रदेश राजधानीस्थित एसाेसिएसनका प्रादेशिक तथा स्थानीय कार्यालयहरूमा रहेको धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौँडा, जनकपुर र विराटनगर र स्थानीय केन्द्र वीरगन्ज, हेटौँडा, भरतपुर, दाङ, नेपालगन्जमा विविध कार्यक्रमका साथ दिवस मनाउने तयारी रहेको छ। 

एसाेसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ। उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई सहभागी हुने कार्यक्रम रहेको एसोसिएसनले जनाएको छ।

दिवसको अवसरमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने इन्जिनियर र संस्थालाई सात विधामा सम्मान गरिने भएको छ।