मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २ सोमबार
  • Sunday, 13 July, 2025
२o७९ श्रावण २ सोमबार १९:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कञ्चनजंघा क्षेत्रमा भित्रिए ३ सय ३० पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २ सोमबार १९:१o:oo

ताप्लेजुङ जिल्लाको कञ्चनजंघा संरक्षण क्षेत्रभित्र ३ सय ३० जना विदेशी तथा स्वदेशी पर्यटक भित्रिएका छन्।  आर्थिक वर्ष ०७८ र ०७९ मा ३ सय ३० जना पर्यटक भित्रिएका हुन्। 

संरक्षण क्षेत्रभित्रका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि ३ सय ३० जना पर्यटकहरू भित्रिएका छन्। यस संरक्षण क्षेत्रमा २ सय २२ जना विदेशी, ६३ जना सार्क र ७४ जना स्वदेशी पर्यटकहरू भित्रिएको संरक्षण क्षेत्र प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। गत आर्थिक वर्ष ०७७/०७४ मा कोरोनाका कारण ६३ जना मात्र पर्यटक भित्रिएका थिए।

विगतका वर्षहरूमा कोरोनाका कारण पर्यटकको आगमन धेरै कम रहेको थियो।  संरक्षण अधिकृतले संरक्षण क्षेत्रभित्र आउने पर्यटकमध्ये विदेशी नै धेरै रहेको बताए। संरक्षण क्षेत्रमा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र ओलाङचुङगोला, ओलाङचुङगोलाको ४ सय पुरानो दिकिछ्योलिङ गुम्बा, घुन्सा, मुख्य गरेर नेपालको दोस्रो तथा विश्वको तेस्रो हिमाल कञ्चनजंघाको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्।