१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

महामारीले युवामा बढायो अनलाइन जुवाको लत : अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o३:oo

कोभिड–१९ को महामारीका वेला अस्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ। संक्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्गमा अनलाइन बाजी थाप्ने, जुवातास खेल्नेलगायतका गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो ।

नेसनल लाइब्रेरी अफ मेडिसिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोर–किशोरीमध्ये ३० जनामा मानसिक रूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ। विकासात्मक मनोवैज्ञानिक एवं म्याक्वेरी विश्वविद्यालयका एसाेसिएट प्राेफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर पर्न सक्ने बताएका छन्।

इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितमा चिडचिडापन, विगतका आमोदप्रमोद एवं मनोरञ्जनका कुरामा अरुचि र बेवास्ता गर्ने तथा गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा उनीहरूबाट आक्रमणसमेत हुन सक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गरेका छन्। सामाजिक रूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा उनीहरू अधिक मात्रामा व्यस्त रहेका पाइएको छ।

प्राध्यापक वारबर्टनले अमेरिकी तथ्यांकलाई पनि सर्वेक्षणमा उदृत गरेका छन्। सन् २०२१ मा दैनिक औसत पाँच सय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकि–शोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चार सय मिनेटमा सीमित थियो। रासस/सिन्ह्वा

ad
ad