Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार १२:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गभर्नर बर्खास्तीको माग गर्दै  माइतीघरमा नेविसंघको धर्ना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार १२:५३:००

गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डलाअगाडि प्रदर्शन गरेको छ।शुक्रबार बिहान ११ बजे नेविसंघले माइतीघर पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।

राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो।

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नरजस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए। ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उपाध्यायले भने।

उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। आन्दोलनमा नेविसंघ एनसिसी कलेजका नेता अन्सुल केसी, टियूका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू रहेका छन्। उनीहरूले एक घन्टा धर्ना दिने जनाएका छन्।