नेपाल प्रहरीको आइजिपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी बहस हुँदै छ । आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ ।
कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । केही हप्तादेखि आइजिपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ ।
आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।