मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ३० बिहीबार १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिमा हेरफेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार १६:४७:oo

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको सदस्यमा हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई प्रस्ताव गरेलगत्तै सो प्रस्तावमा सहमति जुटेको हो । 

जसअनुसार सो समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् । 

नेपाली कांग्रेसकी सांसद भुसालले बिहीबार प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् । आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै त्यसको छानबिन गर्न गत असार २२ गते बुधबार सो संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ सांसदसहित ११ सदस्य रहेका छन् ।