महालेखापरीक्षकको कार्यालयले ५९औँ प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपतिलाई आर्थिक वर्ष ०७७–७८ को प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार देशको बेरुजु चार खर्ब ८३ अर्ब पुगेको छ । बेरुजु अघिल्लो आर्थिक वर्षभन्दा एक खर्ब १५ अर्बले बढेर चार खर्ब ८३ अर्ब पुगेको हो ।
‘संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको बेरुज चार खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रूपैयाँ रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १५.४६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।