मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Wednesday, 18 December, 2024
काठमाडौंको जडीबुटीस्थित रोयल ब्यांक्वेटमा भट्टराई पक्षको भेला । तस्बिर : नयाँ पत्रिका
प्रेम गौतम काठमाडाैं
२o७९ असार २९ बुधबार o८:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जसपा विभाजन : बाबुराम पार्टी पुनर्गठनतिर

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार o८:o८:oo

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी रूपान्तरण–पुनर्गठन अभियानका लागि दुई विकल्प अगाडि सारेका छन् । भट्टराईले मंगलबार काठमाडौंमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पृष्ठ लामो ‘पार्टी रूपान्तरण÷पुनर्गठनको औचित्य र कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदनमा भट्टराईले एक्लै अगाडि बढ्ने कि एकीकरणमार्फत भन्ने विकल्पबारे निर्णय लिन प्रस्ताव गरेका छन् । योस“गै अब जसपा विभाजनको कानुनी पक्ष मात्र बाँकी छ । 

पार्टी पुनर्गठन के–कसरी गर्ने भन्ने अधिकार भट्टराईले विस्तारित बैठकलाई दिएका छन् । ‘एक– नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाउने, दुई–विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने,’ भट्टराईको प्रस्तावमा छ । बैठकले निकालेको निष्कर्षका आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने भट्टराईको प्रस्ताव छ ।

भट्टराईले विचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य हासिल गर्नेतर्फ पार्टी एकताका तीन वर्ष फलदायी नभएको भन्दै पुनर्गठन गरेर जानुपर्ने आवश्यकता औँल्याएका छन् । ‘पार्टीभित्र के–कस्ता समस्या आयो र त्यो गतिरोधमा पुग्यो ? किन एकतापछिको एक आमचुनावसम्म, एक महाधिवेशनसम्म पनि एकता कायम हुन सकेन ? यसमा कसको, कुन पक्षको के–कस्तो भूमिका रह्यो ? हामी फेरि पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा किन पुग्यौँ ? यसको गम्भीर समीक्षा हुनुपर्ने देखिन्छ,’ उनको राजनीतिक प्रतिवेदनमा छ । 

भट्टराईले पार्टी पुनर्गठन अभियान चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । ‘देशको राजनीतिमा अझै दक्षिणपन्थी, यथास्थितिवादी तथा कथित वामपन्थी शक्तिको बोलवाला छ । हामीले भनेजस्तो अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको पार्टी निर्माणका लागि थुप्रै राजनीतिक असहजता र चुनौती छन्,’ भट्टराईको प्रतिवेदनमा छ, ‘हामी एक्लैले छिट्टै र सहजै ती चुनौती सामना गर्न सम्भव हुँदैन । त्यसका लागि विचार मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वस“ग सहकार्य गर्न आवश्यक हुन्छ । राष्ट्रिय राजनीतिका विभिन शक्तिबीच यथोचित सन्तुलन कायम गर्न प्रयत्न गर्नुपर्दछ । 

जसपाको वैधानिक बहुमत रहे वा नरहेको अवस्थामा पनि पार्टीको पुनर्गठन अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको भट्टराईले बताएका छन् । उनले निर्वाचन आयोगले कानुनी वैधता निरुपण गर्ने भन्दै जस्तोसुकै अवस्थामा पनि वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता आफूहरूसँग सुरक्षित रहेको दाबी गरेका छन् । ‘पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको दुवै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ,’ उनले प्रतिवेदनमा लेखेका छन् ।