आज पनि सत्तारूढ प्रमुख दल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठनलगायतका विभिन्न एजेन्डामा छलफल हुनेछ ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोमबार सात प्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राखेका थिए । साथै आफ्नो क्षेत्रबारे जानकारीसमेत गराएका थिए । आजको बैठकमा गठबन्धन र आगामी प्रदेश र संघको निर्वाचनबारे पनि छलफल हुनेछ ।