१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Wednesday, 26 June, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २६ आइतबार १२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

स्रष्टालाई सम्मान गर्नु राष्ट्रको दायित्व : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार १२:३४:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको स्रष्टालाई पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्यलगायतका विधा मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको उनले उल्लेख गरे। प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरूलाई राज्यले सम्मान गर्दै आएको बताउँदै यसप्रकारको सम्मानले स्रष्टाहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने उल्लेख गरे।

‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगीत एवं नाट्यलगायतका विधा मुलुकका गहना हुन्। ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन् । ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्‍याउँदै आएका छन्। तसर्थ यी क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरूको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो,’ उनले भने।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्‍याउने ४३ स्रष्टालाई पुरस्कृत गरेको छ।

ad
ad
ad
ad