१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २६ आइतबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार ११:२o:oo

राष्ट्रपतिबाट बकर इदको शुभकामना  

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक–आपसमा खुसी, सदभाव तथा शुभकामना आदान–प्रदान गरी मनाउन आग्रह गरेकी छिन् ।  

‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधताबीचकाे एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सदभाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएकी छु ।’     

ad
ad
ad
ad