१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सरकार परिवर्तनको सहमतिसँगै सेयर बजारमा सकारात्मक सर्किट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार ११:३३:oo

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ ।

आजको कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११:२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रोपटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । ‘सेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुन सक्छ,’ उनले भने । 

ad
ad
ad
ad