१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अपराधी पक्राउ गर्न तीन राउन्ड गोली प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १३:४४:oo

अदालतले ६ वर्ष कैद फैसला सुनाएपछि फरार भएका एक अपराधीलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ।

अपराध गरेको दोषी ठहर भएपछि भागेका डुडुवा गाउँपालिका– ६, शिखनपुरका सरमानसिंह सरदारलाई पक्राउ गर्न तीन राउन्ड गोली चलाएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

पक्राउ गर्न गएको टोलीमाथि आक्रमण भएपछि गोली चलाउन बाध्य भएको डाँगीले बताए। अवरोधबीच प्रहरीले सरदालाई पक्राउ गरेको छ।

डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले ६ वर्ष कैद र १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनी विगत ११ वर्षदेखि फरार थिए। उनलाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेर अवरोध गरेका थिए।

स्थानीयको अवरोधबीच सरदार भाग्ने प्रयास गरेका थिए। अवरोध गर्ने भिडलाई तितरबितर पार्न र अपराधीलाई नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको डिएसपी डाँगीले बताए। प्रहरीले चलाएको गोली सरदारको घुँडामा लागेको छ।

उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। थप प्रहरी परिचालन गरेर उनलाई पक्राउ गर्न सफल भएको डिएसपी डाँगीले जानकारी दिए।

स्थानीयले ढुंगा र इँटा प्रहार गर्दा इलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगीसहित केही जवानहरू घाइते भएका छन्।मदनको टाउको, हात र शरीरको पछाडिकाे भागमा चोट लागेको छ। उनको पनि भेरी अस्पतालमा उपचार भइरहेको छ।

ad
ad
ad
ad