१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
गणेश लम्साल विराटनगर
२o८१ असार २० बिहीबार १३:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन : महामन्त्री थापा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १३:o६:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चाहना नभए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर चरित्रका कारण आफ्नो पार्टी नयाँ गठबन्धन बनाएर सरकारमा जान बाध्य भएको बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले सरकार निर्माण एउटा दल वा व्यक्तिको कारणले मात्र नहुने भएकाले समग्र मुलुकलाई अस्थिर राजनीतिबाट मुक्त गराउन कांग्रेस नयाँ गठबन्धन बनाएर सरकारमा जान बाध्य भएको जिकिर गरे।

प्रधानमन्त्री प्रचण्डले पटकपटक अस्थिर चरित्र नदेखाएको भए अहिलेको अवस्था नआउने भन्दै थापाले भने, ‘मेरो व्यक्तिगत इच्छाले हुन्थ्यो भने म अहिले पनि पहिलेकै ठाउँमा हुने थिएँ। तर, अस्थिर राजनीतिले त्यसो हुने दिएन।’

महामन्त्री थापाले अहिलेको अवस्थामा देशको संविधान जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई कसैले भत्काउन नसक्ने जिकिर गरे। उनले भने, ‘कांग्रेसले स्थापित कुनै पनि कुरा भत्काउदैन । बरु लोकतन्त्रलाई थप सुदृढ गर्ने गरी संंविधानको पुनरावलोकन गर्छ।’

संविधान संशोधन गर्न कांग्रेस र एमालेको मात्र संख्याले नपुग्ने भएकाले सबैको साथ खोजेको उनको भनाइ थियो। थापाले अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए। उनले सरकार निर्माणको प्रक्रिया सुरु भएपछि नयाँ सरकारको नेतृत्वबारे टुंगो लाग्ने प्रस्ट पारे।

ad
ad
ad
ad