मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Wednesday, 18 December, 2024
२o७९ असार २६ आइतबार o८:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड उपाधि बाग्लुङलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार o८:१३:oo

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–०७८ को उपाधि बाग्लुङले जितेको छ । प्रदेशका ११ मध्ये १० जिल्लाको सहभगिता रहेको प्रतियोगितामा नौ जिल्लालाई पछि पार्दै बाग्लुङले १० स्वर्ण, १३ रजत र चार कांस्यपदक जितेको हो । साथै बाग्लुङले नगद ३० हजार पुरस्कार पनि पाएको छ । 

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा भएको प्रतियोगितामा नौ स्वर्ण, ६ रजत र सात कांस्यपदकसहित नवलपुर दोस्रो भएको छ । उसले नगद २० हजार पनि पाएको छ । यस्तै ६ स्वर्ण दुई रजत र दुई कांस्यपदकसहित तेस्रो भएको स्याङ्जाले नगद १० हजार पुरस्कार पायो ।

दुईदिने प्रतियोगितामा प्रदेशका १० जिल्लाका पाँच सय ७४ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समावेश ६ खेलमध्ये बाग्लुङले उसुमा तीन स्वर्ण र दुई रजत, करातेमा एक स्वर्ण, दुई रजत र दुई कांस्य, तेक्वान्दोमा तीन स्वर्ण र तीन रजत, एथलेटिक्समा दुई स्वर्ण, चार रजत र एक कांस्य, भलिबल छात्रतर्फ एक कांस्य, कबड्डीमा छात्रतर्फ एक स्वर्णपदक हात पारेको थियो ।

उपविजेता नवलपुरले एथ्लेटिक्समा नौ स्वर्ण, चार रजत र पाँच कांस्यसँगै करातेमा एक रजत, तेक्वान्दोमा एक रजत, एक कांस्य र कबड्डीमा एक कांस्यपदक प्राप्त गरेको थियो । विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रियस्तरको सिल्डका लागि १११ खेलाडी छनोट
प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्डका लागि गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने १११ जना खेलाडी छनोट भएको आयोजक प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए । छनोट भएका खेलाडीलाई दुई दिन पोखरामा बन्द प्रशिक्षणमा राखिनेछ । राष्ट्रिय प्रतियोगिता २८ देखि ३० असारसम्म काठमाडांैमा हुनेछ ।