१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २५ शनिबार
  • Wednesday, 03 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ असार २५ शनिबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ असार २५ शनिबार १o:५९:oo

विराटनगर महानगरपालिका १३ रोडशेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

भारत जोगबनीतर्फ जाँदै गरेको बी डब्लु २३ बी ४९६१ नम्बरको मालबाहक ट्रकले शुक्रवार साँझ साइकलयात्रीलाई ठक्कर दिँदा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारमका ४५ वर्षीय सनेन्दर रायको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट घाइते भएका उनको उपचारका लागि अस्पताल  पुर्‍याएलगत्तै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।साइकलयात्रीको मृत्युपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गर्ने प्रयास गरेका थिए । तर, तत्काल प्रहरीले स्थिति नियन्त्रणमा लिन सफल भएको थियो । 

प्रहरीले भारत घर भएका ट्रकचालक  ५० वर्षीय सञ्जय यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

सुनसरी मोरङ औद्योगिक करिडोर रहेको कोसी राजमार्गमा अलग्गै साइकल लेन नहुँदा साइकलमा आवतजावत गर्ने मजदुरहरूले सवारी दुर्घटनामा परि ज्यान गुमाउँदै आएका छन् । 

ad
ad
ad
ad