Skip This
अघोषित लोडसेडिङको मारमा लमजुङका उपभोक्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अघोषित लोडसेडिङको मारमा लमजुङका उपभोक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:२२:oo

लमजुङका उपभोक्ताहरु छिनछिनमा विद्युतको लाइन काटिने समस्याले मारमा परेका छन् । तीन महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो ।

ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ । विद्युत् सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ ।

उद्योगको उत्पादनमा पनि कमी आएको छ । विद्युत् कटौतीको सबैभन्दा बढी मार जिल्लामा सञ्चालित इँटा क्रसर, काष्ठ, दालमोठ र पाउरोटी उद्योग एवं अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन् । बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि प्रभावित भएको छ । ट्रिपिङ समस्याले नियमित रूपमा काम गर्न नसकिएको लमजुङ उद्योग वाणिज्य सघंका कोषाध्यक्ष शिव सिलवाल  बताउँछन् ।

यसअघि सामुदायिक उपभोक्ता संघले विद्युत् सेवा दिँदै आएकोमा हाल नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदान गर्दै आएको छ । विद्युत् संरचना जीर्ण बन्दै गएकाले जिल्लाको वितरण प्रणालीमा पनि समस्या प्रभावित हुँदै आएको छ ।

लमजुङमा ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाटको राधी खोला जलविद्युत केन्द्र सञ्चालित छन् । जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोडिए पनि स्थानीय उपभोक्तालाई  तनहुँको लाइनबाट विद्युत् सेवा दिँदै आएको छ ।

ad
ad