१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २४ शुक्रबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १८:१८:oo

ट्राफिक प्रहरीले राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारीचालकलाई गरिने कारबाहीमा तीव्रता बढाएको छ। दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिए । 'सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौँ,' उनले भने । 

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारीचालकलाई पहिलोपटक रु पाँच सय, दोस्रोपटक रु एक हजार र तेस्रो पटकदेखि रु एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । यस आवमा १२,८६८ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा दिइसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक प्रहरीले सिसिटिभी, ग्रोप्रो क्यामेरा, बडिवन क्यामराबाटसमेत लेन अनुशासनको अनुगमन गरी कारबाही गर्दै आएको छ । लेन अनुशासन पालना नगरी तीव्रगतिमा गुड्ने सवारीसाधनका कारण सडक दुर्घटना हुने भएकाले लेनको सही प्रयोग गरेर सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
 

ad
ad
ad
ad