मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २४ शुक्रबार १३:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से झन्डै ३५ अंकले घट्यो, सबै उपसमूहको परिसूचकमा गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १३:३४:oo

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बिहीबार १६.६० अंकले घटेको नेप्से आज ३४.७१ अंकले घटेर एक हजार ९९२.६१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.६१, फ्लोट इन्डेक्स २.५० र सेन्सेटिभ फ्लोट इन्डेक्स  २.२८ अंकले घटेको छ।

आज दुई सय १७ कम्पनीका ३० लाख ६३ हजार चार सय ५३ कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ४२ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बिहीबारको तुलनामा आज कारोबार रकममा समेत गिरावट आएको छ। बिहीबार एक अर्ब ८० करोड ६२ लाख चार हजार रुपैयाँबराबरको  सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका सबै उपसमूहको सूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै हाेटेल तथा पर्यटन उपसमूह ३.१८ प्रतिशतले बढ्दा व्यापार ३.१३ तथा फाइनान्स ३.०३ प्रतिशतले घटेको छ।

यस दिन ग्लोबल आइएमई समुन्नत योजना–१ को सेयर मूल्य सर्वाधिक २.८२ प्रतिशतले बढ्दा हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशत तथा बलेफी हाइड्रोपावरको सेयर मूल्य ४.९० प्रतिशतले घटेको छ।