मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २३ बिहीबार २१:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
२०७९ असार २३ बिहीबार २१:२०:००

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७८ बिहीबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेका थिए । प्रदेशका ११ मध्ये १० जिल्लाका पाँच सय ७४ जना खेलाडीहरूको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतिस्पर्धीहरूले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार सम्पन्न दौडमा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारिन् । खरालले छात्रातर्फ आठ सय मिटरको दुरी २ मिनेट ४१.२ सेकेन्डमा र १५०० मिटर दौडको दुरी ५ मिनेट २६.४ सेकेन्डमा पूरा गर्दै दुई विधामा स्वर्ण पदक हात पारेकी हुन् ।

छात्रतर्फको आठ सय मिटर दुरीको दौड २ मिनेट ०५.०९ सेकेन्डमा पूरा गर्दै बादल कार्की र छात्रतर्फकै १५०० मिटर दौड ४ मिनेट २२.९ सेकेन्डमा पूरा गर्दै पर्वतका कृष्ण परियारले स्वर्ण पदक हात पारे । छात्रतर्फको एक सय मिटर दौड १२.२ सेकेन्डमा पूरा गर्दै नवलपुरका ताराप्रसाद थनेतले स्वर्ण पदका हात पार्दा छात्रातर्फ १४.६६ सेकेन्डमा दौड पूरा गर्दै स्याङजाकी समीक्षा गैरेले स्वर्ण पदक हात पारिन् ।

प्रतियोगिता सुरु हुनुअघि भएको मार्चपासमा कास्की जिल्ला प्रथम भएको छ भने गोरखा जिल्ला दोस्रो र नवलपुरले तेस्रो स्थान हात पारेको छ । शुक्रबार प्रतियोगिताअन्तर्गत हुने भलिबलमा छात्रतर्फ बाग्लुङले पर्वतको तथा कास्कीले स्याङजाको सामना गर्नेछन् ।