मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ असार २३ बिहीबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर जुम्लामा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १४:३८:oo

जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका– ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको गएराति मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मालापानीका बुढा घरबाट झन्डै दुई किमि टाढा सिमी गोड्न गएको अवस्थामा चट्याङ लागेको थियो।

‘पानी परेपछि रुखको ओत लिन बसेका रहेछन्,’ प्रहरी निरीक्षक भट्टले भने, ‘त्यही अवस्थामा चट्याङ लागेर मृत्यु भएको पाइएको छ।’ हाल जिल्ला प्रहरी कार्यालयको टोली चट्याङ परेको क्षेत्रमा पुगेको छ। प्रहरी निरीक्षक भट्टले घटनाको अन्य विवरण घटनास्थलमा पुगेका प्रहरी फिर्ता भएपछि आउने जानकारी हुने बताए ।

पातारासी गाउँपालिकाको बागजाले पाटनमा गत शुक्रबार चट्याङ लागेर ८० भेडाबाख्रा मरेका थिए। ३८० भेडाबाख्राको एक बथानमा चट्याङ पर्दा ८० भेडाबाख्रा मरेको पशुसेवा प्राविधिक हरि सार्कीले बताए।