मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Wednesday, 18 December, 2024
सोनी राई सोलुखुम्बु
२o७९ असार २३ बिहीबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् सर्ट भएर आगलागी हुँदा १६ लाखको क्षति

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार ११:२२:oo

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ५ मा आगोलागी हुँदा १६ लाखबराबरको क्षति भएको छ । गएराति करिब ११ बजे स्थानीय सोनाफुरी शेर्पाको घरमा आगोलागी भएको हो ।

विद्युत् सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोलागीबाट शेर्पाको ढुंगा र माटोले बनेको दुईतले घर पूर्ण रूपमा नष्ट हुनुका साथै दुई लाख नगदसहित एक तोला सुन, लत्ताकपडा, भाँडावर्तन, अन्नपातलगायतका सबै सामग्री जलेर नष्ट भएको छ ।

प्रहरी नायब उपरीक्षक सुनीलज.ग शाहका अनुसार इलाका प्रहरी कार्यालय नेचा र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ । 

शेर्पाको पाँचजनाको परिवार हाल आफ्नै मतानमा रहेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ ।