१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार ०७:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स पब्लिक कम्पनीमा रूपान्तरण, आइपिओ जारी गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार ०७:३४:००

शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्सले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । सिमेन्टमा लगानी गरिरहेको शिवम्–शिवम् होल्डिङ्सले सर्वसाधारणबाट पुँजी संकलन गरी अन्य क्षेत्रमा समेत लगानी गर्ने उद्देश्यका साथ आइपिओ जारी गर्ने भएको हो । नेपालमा स्थापित सिमेन्ट उद्योगहरूमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स हालै मात्र पब्लिक कम्पनीमा रूपान्तरित भएको हो । कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृति गरी शिवम् होल्लिडङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीको हैसियतले कारोबार सञ्चालन गर्न कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृतिसमेत प्राप्त गरिसकेको छ । 

शिवम होल्डिङ्स लिमिटेडको अधिकृत पुँजी पाँच अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहेको छ । यस कम्पनीको संस्थापक समूहतर्फ ८० प्रतिशत रहेको छ । शिवम होल्डिङ्स लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत अर्थात्  तीन अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीबाट व्यक्तिगत संस्थापकहरूको करिब १५ प्रतिशत अर्थात् ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँबराबरको सेयर रकम लगानी 
गरेका छन् । 

कम्पनीले निकट भविष्यमा धितोपत्र बोर्डसमेतको स्वीकृतिमा सर्वसाधारणका लागिसमेत सार्वजनिक निष्कासन गरी पुँजी संकलन गर्ने र थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको छ ।शिवम् होल्डिङ्सले चिनियाँ लगानीसमेत रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिको सस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । शिवम् होल्डिङ्सको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत सेयर लगानी रहेको होङ्सी शिवम् सिमेन्टले पहिलो चरणमा दैनिक ६ हजार मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६ हजार मेट्रिकटन उत्पादन गर्ने कम्पनीले जनाएको छ । 

शिवम् होल्डिङसले आफ्नो चुक्ता पुँजीको अधिकांश रकम होङ्सी शिवम् सिमेन्टको संस्थापक सेयरवालाको हैसियतले सेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफलसमेत प्राप्त गर्न सुरु भईसकेको जनाएको छ ।