मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २२ बुधबार o७:o८:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेको २७ केन्द्रीय विभाग विस्तार 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार o७:o८:oo

एमालेले २७ ओटा केन्द्रीय विभाग विस्तार गरेको छ । एमालेको केन्द्रीय प्रचार विभागले पार्टीका ३३ मध्ये २७ विभाग विस्तार भएको जनाएको छ । प्रमुख, उपप्रमुख र सचिवसहित केन्द्रीय विभागहरू ३५ सदस्यीय हुनेछन् । 

स्कुल विभागमा ज्ञवाली
स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख ईश्वरी रिजाल, सचिव पेम्बा लामा छन् । सदस्यहरूमा घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, टीका ढकाल, रामशरण प्याकुरेल, इन्दिरा पन्त, वाई.पी. आचार्य, तत्वप्रसाद तिम्सिना, हिमबहादुर क्षेत्री छन् । प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, उपप्रमुख विष्णु रिजाल, सचिव गगन विष्ट छन् भने सदस्यहरूमा प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, चेतन अधिकारी, रोशन खड्का, महेश दास र टीका विष्ट रहेका छन् ।

व्यवस्थापन विभागमा रिमाल
वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख विष्णु रिमाल, सचिव डा. भीष्म अधिकारी तथा सदस्यहरूमा विनाकुमारी श्रेष्ठ, राजेश बज्राचार्य, लोकबहादुर भण्डारी छन् । संगठन विभाग प्रमुख खगराज अधिकारी, सचिव सम्झना देवकोटा तथा सदस्यहरूमा देवराज घिमिरे, ज्वालाकुमारी साह, काशीनाथ अधिकारी, जगतबहादुर विक सुनार, लीला गिरी, यामलाल कँडेल, कर्णबहादुर थापा र भानुभक्त ढकाल छन् ।

स्थानीय विभागमा दाहाल
स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहाल, उपप्रमुख प्रभा बराल, सचिव हर्कराज राई र सदस्यहरू होमनारायण श्रेष्ठ, अशोक व्याञ्जु, नवराज गेलाल, प्रेम गिरी, हरि उप्रेती, कृष्णबहादुर डल्लाकोटी, शिवसुन्दर राजभण्डारी, वासुदेव घिमिरे, विकिरण गौतम, खगेन्द्र कार्की, कृष्णप्रसाद जैशी, पार्वता तिवारी, सुनीता डंगोल छन् । युवा तथा खेलकुद विभाग प्रमुख लीलबहादुर थापामगर र सदस्यहरूमा कालीबहादुर घर्ती, गणेशलाल कक्षपति, मेघराज पौडेल, प्रनिर अधिकारी, गोविन्द भट्टराई, लक्ष्मणकुमार शर्मा, पशुपति अधिकारी, सुवर्णकेशरी श्रेष्ठ, कृष्णराज पौडेल (सञ्जाल शर्मा), शुक्र पाख्रिन, योगेश भट्टराई, मदन उप्रेती, तेजेन्द्र थापा, हरिमदन अधिकारी, कमल चौधरी, परशुराम बस्नेत, क्षितिज थेवे, अमित लामा, रमेश आचार्य, ध्रुव आचार्य, सन्तोष रावल, अञ्जना अधिकारी छन् ।

पुस्तकालय विभागमा गिरी
पुस्तकालय तथा अभिलेख विभाग प्रमुख ममता गिरी तथा सदस्यहरू रामचन्द्र बोहरा, ओमबहादुर खड्का, सागरराज सुवेदी, गीता थापा, सुरज अधिकारी छन् । सामाजिक सेवा तथा समाजकल्याण विभाग प्रमुख जुलीकुमारी महतो, सदस्यहरू तिलोतम पौडेल, रितु भट्टराई, अच्युतम अर्याल, पुष्कर खाती, जगत बस्नेत, यादव घतानी, जगदीश अधिकारी, निर्मला धिताल, डम्बर हमाल, चरीमाया तामाङ, उज्जैन सिंह, राजेन्द्र बोहरा, सतिश शर्मा छन् ।

राष्ट्रिय हित सुरक्षा विभागमा गुरुङ
राष्ट्रिय हित र सुरक्षा विभाग प्रमुख परशुराम मेघी गुरुङ, उपप्रमुख चुडादेवसिंह लामा, सदस्यहरू डा. जगत बस्नेत, डा. नीलमशेखर अधिकारी, कोषराज गिरी, ज्ञानेन्द्रसिंह लामा, तेसबहादुर तामाङ, पूर्णप्रसाद पाण्डे, तुलसीराम कार्की, विनोद पाण्डे, संघीय मामिला तथा प्रशासन विभाग प्रमुख किरण गुरुङ, सचिव शिव गुरुङ, सदस्यहरू झलक सुवेदी, भीमकेशर वली, माधव बास्तोला, पी. बिडारी, महेश खरेल, नरकुमारी गुरुङ, पुण्य ढकाल, लेखनाथ कोइराला, केदार देवकोटा छन् ।

अर्थ तथा योजना विभागमा भुसाल
अर्थ तथा योजना विभाग प्रमुख घनश्याम भुसाल, सचिव योगेन्द्र शाही, सदस्यहरू प्रा.डा. रामचन्द्र आचार्य, एम. अधिकारी, डा. रामचन्द्र भट्टराई, ई. देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई छन् ।

खानेपानी विभागमा रावल
खानेपानी तथा सरसफाइ विभाग प्रमुख झपटबहादुर रावल, सदस्यहरू इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, राज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे, एल उपाध्याय छन् । सामाजिक सेवा विभाग प्रमुख पार्वत गुरुङ, सचिव डा. नेत्र तिम्सिना, सदस्यहरू मीनबहादुर शाही, रामप्रसाद सुवेदी, जितराम लामा, अर्जुन भट्टराई, डा. पदमप्रसाद खतिवडा, विदुर सुवेदी, डा. योगेश गुरुङ, डा. डम्बर चेम्जोङ, डा. विमला राई पौडेल, सुरेश गौतम, अशोक सिं, सम्झना पौडेल, शिव थापा, डा. तीर्थ रेग्मी छन् ।

परराष्ट्र मामिलामा भट्टराई
परराष्ट्र मामला विभाग प्रमुख डा. राजन भट्टराई उपप्रमुख कृष्ण केसी, सचिव अञ्जान शाक्य, सदस्यहरू उदयराज पाण्डे, डा. नारद वाग्ले, गोपाल खनाल, पूर्णशोभा चित्रकार, डा. दिपेन्द्र श्रेष्ठ, डा. कुशेन्द्र महत, मिलन धरेल, बालकृष्ण कट्टेल, मातृका पौडेल, विष्णुहरि पाण्डे, डा. निर्मल विक, उषाकिरण भण्डारी, इच्छापूर्ण राई, डा. करण ठगुन्ना, डिमप्रकाश पौडेल, डा. केशव सुवेदी, गौरव भट्टराई, चित्र दाहाल, सुदीप सापकोटा, हरिप्रकाश चन्द, एल. शर्मा, चन्द्रलाल गिरी, लक्की शेर्पा छन् ।

उद्योग विभागमा दुगड
उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगड, उपप्रमुख दुर्गा प्रसाईं, सदस्यहरू सुन्दर भुसाल, मुकेश उपाध्याय, रवीन्द्र पाण्डे, सीताराम अग्रवाल, ललित अग्रवाल, पाल्देन छोपाङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डिबी बस्नेत, मदनलाल अग्रवाल मित्तल, शोभा गुरुङ, लता प्याकुरेल, बाबुराम रानाभाट छन् ।

सहकारीमा चौलागाईं
सहकारी तथा गरिबी निवारण विभाग प्रमुख कमल चौलागाईं, उपप्रमुख अमृता सुब्बा, सदस्यहरू रमेश पोखे्रल, के.बी. उप्रेती, डिबी बस्नेत, परितोष पौडेल, खेमबहादुर पाठक, टेकप्रसाद चौलागाईं, भीम तुलाचन, भुवनविक्रम घिमिरे, रामचन्द्र उप्रेती, महेन्द्र गिरी, मीना ढकाल, शान्ति अधिकारी, सरिता भट्टराई, देवराज पराजुली, विश्वनाथ मण्डल, शम्भु गुप्ता, केशव पोख्रेल, डा. खगराज शर्मा, हरिहरनाथ योगी, रामबहादुर जिसी, खेम सुवेदी, रामशरण शर्मा, जिवछराज खड्का, ज्ञानबहादुर तामाङ छन् । 

शिक्षा विभागमा बराल
शिक्षा विभाग प्रमुख गुरु बराल, उपप्रमुख जगन्नाथ थपलिया, सदस्यहरू प्रा.डा. गणेशमान गुरुङ, प्रा.डा. यादवप्रकाश लामिछाने, चैतन्य शर्मा, रमेश सिलवाल, पितकुमार श्रेष्ठ, इन्दिरा श्रेष्ठ, कपिल सुवेदी, दीपेन्द्र भण्डारी, प्रा.डा. वेदराज केसी, प्रा.डा. ध्रुव गौतम, युवराज सिवाकोटी, कृषि तथा पशुपन्छी विभाग प्रमुख गिरीधारीलाल न्यौपाने, उपप्रमुख बालिका गिरी, सदस्यहरू प्रा.डा. कल्याणी मिश्र, दमराज शाक्य, पे्रमनारायण अधिकारी, कृष्ण अधिकारी, माया केसी, सरिता भुसाल, धर्मराज अधिकारी, गोवद्र्धन गौली, बाबुराम थापा, जीवन्ती पौडेल, ईश्वरी कडरिया, केशव प्रेमी, चुलुराम चौधरी, शशि पौडेल, डा. गोकर्ण अर्याल छन् ।

संसदीय विभागमा तुम्बाहाङ्फे
संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङ्फे, सचिव डा. सूर्य पाठक, सदस्यहरू खिमलाल भट्टराई, विशाल भट्टराई, पार्वती रावल, शान्ता चौधरी, नारायण मरासिनी, गणेशसिंह ठगुन्ना, सरिता न्यौपाने, विमला विश्वकर्मा, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल, राजबहादुर बुढाक्षेत्री, कृष्णभक्त पोखरेल छन् । पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुख भीम आचार्य, उपप्रमुख भीम केसी, सदस्यहरू घनेन्द्र श्रेष्ठ, कृष्णकुमार अर्याल, राजेन्द्रप्रसाद सापकोटा, रमेश कुँवर, बद्री अधिकारी, सुकुमाया लामा, लक्ष्मी कार्की, पूर्णबहादुर कुँवर, जया बराल, चेतनारायण पाण्डे, कृष्ण चौधरी, सञ्जीव गौतम, लंकबहादुर शाही, सुमनप्रसाद पराजुली, परमानन्द भण्डारी, बलिराम दास, टीका गुरुङ, सीताराम सापकोटा छन् ।

उपभोक्ता हित संरक्षणमा सुनुवार
उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग प्रमुख यज्ञराज सुनुवार, सचिव मोहिनी खनाल, सदस्यहरू कुमारी खरेल, कुयाङछुयाङदोर्जे लामा, चित्रप्रसाद दाहाल, ज्योति बानियाँ, तीर्थ सुवेदी, देवबहादुर कुँवर, बद्री अर्याल, बुद्धि रावत, विष्णुप्रसाद तिमिल्सिना, मुक्ति गौतम, लक्ष्मण गिरी, सरोज यादव, शान्तिराम खतिवडा, हरिप्रसाद मैनाली, विमला खनाल, केशव पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख गोकर्णराज विष्ट, सचिव पुष्पज्योति ढुंगाना सदस्यहरू सुरज लामिछाने, महेन्द्र गुरुङ, नारायण ज्ञवाली, लक्ष्मण घिमिरे, अविषेक थापा, केशव रायमाझी, अमन मास्के, केशवराज आचार्य, त्रिरत्न बज्राचार्य, भेषराज थापा, इन्दिरा पराजुली छन् ।

श्रम तथा रोजगारमा पाण्डे
श्रम तथा रोजगार विभाग प्रमुख बिन्दा पाण्डे, सचिव जनक चौधरी, सदस्यहरू गुणराम आचार्य, मीना गुरुङ, वेलीमैया घले, शोभा न्यौपाने, सुनिमाया चेपाङ, सरोज पोखरेल, नेत्र थनेत, डा. ऋषिकेश पन्थी, बलराम खत्री, रमेश पन्त छन् । कानुन विभाग प्रमुख रमेश बडाल, उपप्रमुख धर्मराज रेग्मी, सचिव डिल्लीराम मैनाली, सदस्य विष्णुमणी अधिकारी, टंक दुलाल, ठाकुर डिसी, टीकाराम भट्टराई, रमेशकुमार रोक्का, विष्णुमाया भुसाल, शान्तिराम खतिवडा, केदार गुरागाईं, रुद्रप्रसाद पोखरेल, नारायण नेपाल, रमा श्रेष्ठ, राजकिशोर यादव, कौशिला राई, सरस्वती श्रेष्ठ छन् । संस्कृति विभाग प्रमुख रघुजी पन्त, सचिव राजेश थापा, सदस्य वासुदेव अधिकारी, महादेव अवस्थी, केशव सुवेदी, रमेश श्रेष्ठ, रामविनय, एस. राजभण्डारी, शुभ मानन्धर, गायत्री विष्ट, विवश वस्ती छन् ।

विपत् व्यवस्थापनमा फुयाँल
विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख रामेश्वर फुयाँल र सदस्यहरूमा राजेन्द्रकुमार श्रेष्ठ, डा. दीपक अर्याल, हस्त पण्डित, टीकाराम आचार्य, उमेश ढुंगाना, गोविन्द कोइराला, पदमबहादुर तामाङ, विनोदचन्द्र देवकोटा र दुर्गा थारू छन् । गत आइतबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले केही विभागमा सचिव नियुक्त गर्दै सदस्य विस्तार गरेको थियो ।