१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ जेठ १३ आइतबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

विश्व कीर्तिमानीलाई प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:o३:oo

विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम सूचीकृत गर्न सफल नेपाली युवाहरूलाई उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।उपराष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वकै अग्लो स्थान (५०२० मिटर उचाइ)मा भिडियो छायांकन गरेर विश्व कीर्तिमान राखेका युवाहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो । 

भिडियो छायांकन टिममा सहभागी टेकबहादुर राई, माया गुरुङ, बुद्धिराज राई, सिर्जना किराँती र शिखरजंग श्रेष्ठलाई प्रमाणपत्र र धनकुमार राई, राजु कार्की, गंगाराम राई, शिवराज जोशी र डम्बर सिंह राईलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पूर्ण राईले गितार र टेकबहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् ।

सोलुखुम्बुको खारे(मेरापिक जाने बाटो)स्थित ५०२० मिटर उचाइमा ‘सुन्दर हिमाल...’बोलको गीतको छायांकन गरेर गिनिज बुकमा ‘द हाइएस्ट म्युजिक भिडियो अन ल्यान्ड’ विधामा रेकर्ड राखिएको हो । सोही स्थानमा गीतको रेकर्डिङसमेत गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति पुनले भने, ‘नेपालीले विश्व कीर्तिमानी राख्नु निकै खुसीको कुरा हो । आगामी दिनमा पनि यस्तै सफलता मिल्दै जाओस् ।’

विश्व कीर्तिमानी समाजको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष सन्चबहादुर राई, किराँत कोयी÷कोयु राई सोदेलकिमका केन्द्रीय उपाध्यक्ष गीतादेवी राईलगायतको उपस्थिति थियो । 

ad
ad