मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ असार २० सोमबार १०:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 वीरगन्ज महानगरपालिकाले  जारी गर्‍यो श्वेतपत्र 

Read Time : < 1 मिनेट
२०७९ असार २० सोमबार १०:२२:००

वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले महानगर सम्हालेको करिब दुई महिनापछि श्वेतपत्र जारी गरिएको हो । आइतबार महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल र श्वेतपत्र २०७९ तर्जुमा समितिका संयोजक डा. दिपेन्द्रकुमार चौधरीले संयुक्त रूपमा श्वेतपत्र सार्वजनिक गरेका थिए ।

महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको वर्तमान अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गरिएको प्रमुख सिंहले बताए । श्वेतपत्रमार्फत महानगरको वर्तमान आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था, सञ्चालन र निर्माणाधीन योजनाको अवस्थाबारे जानकारी गराइएको छ । 

वीरगन्जका ठूला परियोजनाहरू ल्यान्डफिल साइट, बसपार्क, पानी प्रशोधन केन्द्र, सरसफाइको विषय के–कस्तो अवस्थामा छन्, त्यो श्वेतपत्रमार्फत देखाउन खोजेको प्रमुख सिंहले बताए । ‘श्वेतपत्रमा विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्थाबारे महानगरवासीलाई जानकारी गराउने प्रयास गरिएको छ,’ उनले भने । २३ जेठमा बसेको नगर कार्यपालिकाको पहिलो बैठकले श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो ।