१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भालुको पित्तसहित दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार १६:३५:००

संरक्षित वन्यजन्तु भालुको पित्तसहित प्रहरीले अर्घाखाँचीकाे पाणिनी गाउँपालिका– २ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उपमहानगरपालिका– ३ का ३२ वर्षीय भजिन्द्र दर्जीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार जोरपाटीस्थित नयाँ बस्तीबाट पक्राउ गरेको हो। उनीहरूकाे साथबाट दुई थान भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ।

बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरमाथि निगरानीबढाएको थियो। सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको सिआइबीको भनाइ छ। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ।