मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १९ आइतबार १०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा खानेपानीका लागि सयौँ स्थानीयले गरे श्रमदान

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार १०:५४:००

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान– २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुंगा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरू खटिएका हुन् ।

शनिबार सोही क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब दुई सय ५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ ।

खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन् ।  पकुवाखोलाको पानी उपयोग गर्न यसको संकलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उनले जानकारी दिए ।

विशेषगरी खानेपानीको मुद्दा उठान गरी स्वतन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन् ।