१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार ११:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपिओ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार ११:४५:००

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित दरमा रु. ६८ करोड ४२ लाख १० हजार मूल्यबराबरको ६८ लाख ४२ हजार एक सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार एक सय कित्ता सेयर आयोजनाबाट अतिप्रभावित गोसाइँकुण्ड गाउँपालिका– १ र २, प्रभावित आमाछोदिङमाे गाउँपालिका– ४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोवास गर्ने जिल्लावासीमा ४.५ः १.५ः १ का दरले सेयर बाँडफाँट गरिने आह्वानपत्रमा उल्लेख छ । 

जिल्लाका स्थानीय बासिन्दाले आजदेखि असार २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । 

कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बग्ने भोटेकोसी नदीमा एक सय ११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।