मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १२ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १२ आइतबार १६:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

९५ अंकले बढ्यो नेप्से, २१ कम्पनीका मूल्य सकारात्मक सर्किट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १६:३९:oo

पछिल्ला केही सातादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आज आइतबार उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ९४.९२ अंकले बढेर एक हजार ९५६.९८ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.९१ प्रतिशत, फ्लोट इन्डेक्स ५.१८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.६७ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका २३० कम्पनीको ६३ लाख ६३ हजार कित्ता सेयर दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ। अघिल्ला कारोबार दिनहरूमा एक अर्बबराबरको कारोबार हुँदै आएको थियो।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचकसमेत बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै ८.८७ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत, जलविद्युत्, वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी तथा लघुवित्त र होटेल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार कारोबारमा आएका २३० कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा २१ कम्पनीहरूको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज कारोबार रकमको आधारमा कुमारी बैंक अग्र स्थानमा छ।

बैंकको ८ करोड ६४ लाख ३८ हजार बढीको कारोबार भएको छ। हिमालयन डिस्ट्रिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।