१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सांसद साहको प्रश्न– नागरिकता विधेयक कतिन्जेल अल्झाएर राख्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:५८:oo

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद साहले नागरिकतासम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकतासम्बन्धी विधेयकलाई चालू अधिवेशनबाट नै पारित गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले संसदमा पहिले पेस भएको नागरिकतासम्बन्धी विधेयक पारित हुने अवस्था नरहेको भन्दै सरकारले यसलाई फिर्ता गरी अर्को विधेयक ल्याएर पारित गर्नुपर्ने बताए। सांसद साहले नागरिकता विधेयक पारित गर्ने सन्दर्भमा राज्य र सांसदहरू गैरजिम्मेवार भएकाे आरोपसमेत लगाए।

‘अहिले पेस भएको विधेयकमाथि यदि हामीले अहिले पनि छलफल गर्ने अवस्था भयो भने त्यो कुनै पनि हालतमा नागरिकता विधेयक पास हुने अवस्था छैन,’ उनले भने, ‘पेस भएको विधेयकलाई सरकारले फिर्ता लिएर नयाँ विधेयक फेरि जारी गरेर नागरिकता दिने कुरा सुनेको छु । यदि यस्तो अवस्था छ भने तुरुन्तै काम गर्नुपर्ने अवस्था छ । नागरिकता विधेयकलाई हामीले कतिन्जेल अल्झाएर राख्ने ?’

ad
ad