मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ११ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ११ शनिबार ११:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डले आरोपपत्र फिर्ता नलिँदा नेकपाको एकता टुट्यो : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ११ शनिबार ११:५४:oo

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोपपत्र फिर्ता लिन नमान्दा नेकपाको पार्टी एकता टुटेको बताएका छन्। शनिबार ललितपुरको धोबीघाटमा आयोजित एकता अभियानको  राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन्।

गौतमले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीको आलोचना गर्दै लेखेको ‘आरोपपत्र' फिर्ता लिने शर्तमा तत्कालीन प्रधानमन्त्री ओली पदबाट राजीनामा दिन तयार भए पनि 'आरोपपत्र' फिर्ता नहुँदा पार्टी फुटेको गौतमको दाबी छ। ओली र प्रचण्डको अध्यक्षतामा रहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिँदै गएपछि प्रचण्डले  ओलीकाे आलाेचना गर्दै १९ पृष्ठ लामो 'आरोपपत्र' लेखेका थिए ।

नेकपा विभाजन गरेको भनी आफूमाथि लागेको आरोपको खण्डन गर्दै उनले विभाजन जोगाउन आफूबाट आवश्यक प्रयास भने हुन नसकेको बताए। पार्टी फुट्ने र जुट्ने कार्यलाई सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गर्दै उनले ४५ पटक एकता हुँदै आजको एमाले बनेको बताए। दुई पार्टीबीचको भिन्नतालाई सम्मान गरेर एकता गर्नुपर्नेमा उनले जोड दिए।

‘कम्युनिस्ट पार्टीभित्र भिन्न मत सबै समाप्त गरेर एउटै बनाउन खोज्नु ठीक हुन्छ ? हुँदैन,’ उनले भने। ‘घर पनि फुट्छ अलग हुने हो, पार्टी पनि फुट्छ अलग हुने हो। त्यो अपराध हुन्छ ? जसले अपराध भन्नुभएको छ, देशद्रोही भन्नुभएको छ उहाँलाप्ई मेरो प्रश्न छ– उहाँले २००६ सालमा निर्माण गरेको पार्टी चलाउनु भएको छ आज पनि ? नेकपा एमाले बन्दा हामीले ४५ पटक एकता गरेका छौं । नेकपा निर्माण गर्दा नेकपा एमाले ४६ औँ नम्बरमा छ। त्यसो भए गद्दार भन्ने कमरेडले आाफूलाई कतिपटक गद्दार भन्नुहुन्न, सक्नुहुन्छ ?’

भेलालाई सम्वोधन गर्दै गौतमले आफू फेरि एमाले, माओवादी केन्द्र र नेकपा एसलाई मिलाएर नेकपा एकताका लागि
क्रियाशील हुने बताएका छन् ।