मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ११ शनिबार ०६:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आगामी निर्वाचन प्रत्यक्ष लड्ने विनोद चौधरीकाे घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ११ शनिबार ०६:०६:००

उद्योगी एवं सांसद विनोद चौधरीले आगामी निर्वाचन प्रत्यक्ष लड्ने घोषणा गरेका छन्  । प्रतिनिधिसभामा हाल कांग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताए  ।

शुक्रबार ललितपुरमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले आगामी निर्वाचन प्रत्यक्ष लड्ने तयारी गरिरहेको जानकारी गराए  । ‘म प्रत्यक्ष चुनाव लड्ने मनसायले लागिरहेको छु,’ उनले भने, ‘अन्तिम निर्णय त पार्टीले नै गर्ने हो  । तर, पार्टीसँग सल्लाह हुन्छ  । यो पक्का हो, फेरि समानुपातिकमा आउनेछैन ।’ उनले अबको प्राथमिकता राजनीति नै भएको स्पष्ट पारे । ‘त्यसकारण मैले महाधिवेशनमा वडाबाटै चुनाव लडेको हुँ । अब ब्याकडोरबाट राजनीति गर्ने प्रश्नै छैन । फ्रन्टलाइनबाटै राजनीतिमा आउँछु ।’

चौधरी आगामी निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे भने खुलाएनन्  । सबै परिवर्तन राजनीतिबाट सम्भव भएकाले आफू राजनीतिमा आएको उनले बताए । ‘जुन कुरा राजनीतिबाट सम्भव छ त्यो व्यक्तिबाट सम्भव छैन । त्यसैले म राजनीतिमा आएको हुँ,’ चौधरीले भने । बाँकी राजनीतिक जीवन कांग्रेसमै बिताउने बताएका चौधरीले भने, ‘सके संघर्ष गर्छु, नसके घर फर्केर बस्छु ।’