मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ९ बिहीबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार ११:१४:oo

राप्रपाले विभिन्न २२ सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उसका भ्रातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रित भई असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ ।

यसैगरी, प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमालगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापनपत्र पेस गर्ने निर्णय गरेको उनले बताए । 

 असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको राप्रपाले असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना  दिने कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी, असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने भएको छ ।