१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ९ बिहीबार o८:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ताको माग सम्बोधन गर्न कार्यान्वयन समिति गठन, आज वार्ता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार o८:oo:oo

पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्नका लागि कार्यान्वयन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले  कार्यान्वयन समिति बनाएर जायज मागलाई कार्यान्वयन गर्न सकिने बताएपछि समिति गठन भएको हो । 

बजार न्यून बिन्दुमा आइपुगेको र यसमा चार करोड र १२ करोडको सेयर धितो सीमा कर्जा  हटाउनेलगायतको १९ बुँदे माग राख्दै लगानीकर्ता तिलक कोइराला आठ दिनदेखि अनशनमा बसेका छन् । बुधबार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर तत्काल कार्यान्वयन गर्न सकिने बुँदालाई कार्यान्वयन गर्न समिति गठन भएको बोर्ड अध्यक्ष हमालले बताए । 

आन्दोलनरत लगानीकर्तासहित अनशन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुलसी ढकाल र उत्तम अर्याल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशकद्वय मुक्तिराज श्रेष्ठ र विनयदेव आचार्य रहने भएका छन् ।

थप समितिमा बाँकी दुईजना तिलक कोइरालाले चयन गर्ने लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । ‘अहिले एक किसिमको समिति गठन गर्न बोर्ड तयार भएको छ । अब हाम्रा साथीहरू उहाँहरूसँग बसेर निर्णय गर्ने र कार्यान्वयन हुने मितिसहित टुंगो भएपछि मात्र अनशन तोड्नुहुन्छ,’ उनले भने ।