१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ८ बुधबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नासुसँग साढे दुई करोड गैरकानुनी सम्पत्ति, विशेष अदालतमा मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १६:२o:oo

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध दुई करोड ४४ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गैरकानुनी सम्पत्ति आर्जनमा उनीविरुद्ध मुद्दा  दायर गरेको हो ।

आयोगले झा सार्वजनिक सेवामा प्रवेश गरेको अवधि ०३९/४० देखि ०७७/७८ आम्दानी र खर्चको विश्लेषण गरेको थियो। त्यसबाट झाले आम्दानीभन्दा निकै बढी सम्पत्ति आर्जन गरेको भेटिएको थियो।

उक्त अवधिमा उनको आम्दानी दुई करोड ४२ लाख ६७ हजार हुँदा खर्च तथा लगानी चार करोड ८७ लाख ३८ हजार देखिएको थियो । खर्च र आम्दानी घटाउँदा आएको दुई करोड ४४ लाखको स्रोत नभेटिएको आयोगले जनाएको छ। सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

ad
ad
ad
ad