१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ८ बुधबार o९:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्गीकरण नभएका जग्गा धितो दृष्टिबन्धक राख्न मन्त्रालयको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार o९:२८:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा वर्गीकरण नभए पनि बैंक तथा वित्तीय संस्थामा जग्गा दृष्टिबन्धक धितो राख्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम तत्कालका लागि वर्गीवरणविना नै धितो बन्धक राख्नका लागि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । उनका अनुसार मालपोत कार्यालयहरूले मन्त्रालयको निर्देशनबमोजिम काम सुचारु गरिसकेका छन् । 

मन्त्रालयले गत २७ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै जग्गाको वर्गीकरण नगरी बैंक तथा वित्तीय संस्थामा जग्गा दृष्टिबन्धक तथा धितो राख्न नपाउने व्यवस्था गरेको थियो । भूउपयोग नियमावलीअनुसार मन्त्रालयले तत्कालका लागि खेतीयोग्य र गैरखेतीयोग्य जमिनमा वर्गीकरण गरेर मात्रै जग्गा धितो राख्न पाउने आदेश दिएको थियो ।

तर, मन्त्रालयको सो निर्णयले विदेश अध्ययनका लागि जाने विद्यार्थीदेखि व्यापारीलाई समेत असर परेपछि मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।