Skip This
रतुवा नदीको बाढीले १३ घर विस्थापित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Sunday, 07 July, 2024
दमक–७ मा रतुवा खोलाले विस्थापित बनाएको बस्ती । तस्बिर : नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

रतुवा नदीको बाढीले १३ घर विस्थापित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार o८:२२:oo

गत कात्तिकमा रतुवा नदीमा आएको बाढीले झापाको दमक नगरपालिका–७ की सुकुमबासी रामकुमारी लिम्बुको घरमा क्षति पुर्‍यायो । अन्त गएर बस्ने विकल्प थिएन । सरकारले रतुवा नदीको तटबन्ध गर्ने भनेपछि उनले ऋण गरेर तीन लाख खर्चेर घर मर्मत गरिन् । समयमा खोला तटबन्ध नहुँदा आइतबार राति आएको यो वर्षकै पहिलो बाढीले उनको घर बगायो । ‘दुःख गरेर बनाएको घर बाढीले बगायो । सामान त अलिअलि निकालियो, तर घर नै रहेन,’ उनले भनिन्, ‘अन्त बस्ने ठाउँ पनि छैन । अब कहाँ बस्ने, एक्ली मान्छे के गर्ने ?’ 

रतुवा नदीमा आएको बाढीले दमक–७ को नदी किनारामा बसोवास गर्ने १३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई सुरक्षित स्थानमा राति नै सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

बाढीबाट विस्थापित स्थानीयलाई सरकारले नहेरेको पीडितको गुनासो छ । ‘कात्तिकमा विस्थापित हुँदा स्थानीय सरकारले एक रुपैयाँ पनि राहत दिएन । फेरि यस्तो भयो,’ बाढीपीडित कृष्णबहादुर श्रेष्ठ भन्छन्, ‘अब के गर्ने होला ? समयमा तटबन्ध पनि हुँदैन ।’ बर्खा लागेपछि तटबन्ध निर्माण गर्ने काम सुरु गर्दा समस्या भएको बाढीपीडित हिमा कार्की बताउँछिन् । ‘खतराको घन्टी बजिसक्यो । यो ठाउँ पूरै जोखिममा परेको छ,’ उनले भनिन्, ‘अब पनि तटबन्ध नगर्ने भए दमक बजार नै बग्न सक्छ ।’ 

दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले केन्द्र सरकारले बेवास्ता गर्दा समस्या भएको बताए । ‘यो जनताको तटबन्ध कार्यक्रमअन्तर्गत पर्ने नदी हो । त्यही भएर कार्यक्रमलाई तटबन्ध गर्न भनेका थियौँ । सुरुमा समिति बनाएर पठाउनु भन्नुभयो । त्यो पनि गर्‍यौँ,’ उनले भने, ‘पछि बजेट नभएको भनेर काम भएन । मैले जनताको तटबन्धले हेरोस्, अहिले काम गरौँ, केन्द्रबाट पैसा आएन भने यसको जिम्मा म लिन्छु भनेर काम लगाइरहेको छु ।’ समयमा तटबन्ध नगर्दा सिंगो दमक बजार र पूर्व–पश्चिम राजमार्ग नै जोखिममा रहेको उनले बताए । 

जनताको तटबन्ध कार्यक्रम झापाले भने बजेट अभावले द्रुत गतिमा काम गर्न नसकेको जनाएको छ । ‘खोला पस्यो भन्दा पनि हामीचाहिँ खोलामा बस्यौँ कि भन्ने हो ! तर, मान्छे बसेपछि जोगाउनु हाम्रो दायित्व हो । यो ठाउँ निकै जोखिमपूर्ण छ,’ जनताको तटबन्ध कार्यक्रमका सबइन्जिनियर जितेन्द्र चौधरीले भने, ‘आपत्कालीन काम गर्ने शीर्षकमा बजेट छैन । तर, हामीसँग भएको स्रोत साधन प्रयोग गर्छौं । हामी वडासँग समन्वय गरेर काम गर्छौं ।’
 

ad
ad
ad
ad