मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ६ सोमबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ६ सोमबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन नेविसंघ अध्यक्ष शेर्पाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ६ सोमबार १४:३९:oo

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउन माग गरेका छन्। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले मूल्यवृद्धिको निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ। पेट्रोलमा प्रतिलिटर २१ तथा मट्टीतेल र डिजेलमा २७ रुपैयाँ बढाउने आयल निगमको निर्णय तत्काल सच्याउँदै जनतालाई महँगीको मारमा पर्न नदिन सरकारको ध्यानाकर्षण गराउँदछु,’ अध्यक्ष शेर्पाले फेसबुकमा लेखेका छन्।

निगम सञ्चालक समितिको बैठकले आइतबार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो। यससँगै एक लिटर पेट्रोलको मूल्य एक सय ९९ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य एक सय ९२ रुपैयाँ पुगेको छ।