मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ५ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ५ आइतबार o८:२६:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाली भूमि चलचित्र सुटिङका  लागि उपयुक्त : सञ्चारमन्त्री कार्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार o८:२६:oo

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रको श्रीवृद्धिका लागि चलचित्र पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाल चलचित्र पत्रकार संघको २३औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले कलाकारलाई समाचारमार्फत अझै राम्रोसँग प्रस्तुत गर्ने जिम्मेवारी पत्रकारकै भएकाले उनीहरूको भूमिका महत्वपूर्ण हुने बताए । 

उनले चलचित्रकर्मीप्रति सिंगो देशको सम्मान रहने पनि बताए । उनले भने, ‘मन्त्रीहरू आउँछन् जान्छन् । तर मन्त्रालय सधैं रहिरहन्छ । तर एउटा कलाकार आउँछ मात्रै होइन, उसले समग्र समाजलाई नै प्रभावित पार्छ । यस्ता कलाकारका समाचारलाई राम्रोसँग लेखेर चलचित्र पत्रकारले पनि गुण लगाएका हुन्छन् ।’

कार्यक्रममा अभिनेता राजेश हमालले नेपाली चलचित्रको विकास र विस्तारका लागि चलचित्र पत्रकारको  भूमिका उल्लेख्य रहेको बताए । संघका अध्यक्ष दिनेश सिटौलाले आफू नेतृत्वमा आएलगत्तै कोरोना भाइरस महामारीले असर गरेकाले सोचेजस्तो काम गर्न नसके पनि चलचित्र पत्रकारहरूको हकहित र अधिकारका लागि आफूले काम गर्दै आएको बताए । उनले बाँकी समय चलचित्र पत्रकारको हितमा क्रियाशील हुने उल्लेख गरे ।

नयाँ पत्रिकाकर्मी मैनाली पुरस्कृत
नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली चलचित्र पत्रकारिता पुरस्कार–०७७ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सवको अवसरमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मैनालीलाई पुरस्कार प्रदान गरेका हुन् । चलचित्र पत्रकारिता सम्मान ०७७ बाट पत्रकार शान्तिप्रिय र राजन घिमिरे सम्मानित भएका छन् ।

चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार आरडी शृंखला पनि पुरस्कृत भए । संघले तीन वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सञ्चारमन्त्री कार्कीले विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । संघले कोरोना महामारीका कारण रोकिएको दुई वर्षको पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

०७८ सालको चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार सुव्रतराज आचार्य र सन्दीप सापकोटा सम्मनित भएका छन् । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए । चलचित्र पत्रकारिता सम्मान ०७९ बाट पत्रकार राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भएका छन् ।

यसै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णुप्रसाद सुवेदी पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइली पुरस्कृत भए ।