मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे ।
२०७९ असार ३ शुक्रबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीमा व्याख्यात्मक घोषणा सम्भव छैन, सीधै खारेज गर्छाैँ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
२०७९ असार ३ शुक्रबार १५:१२:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताएका छन्। शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसिसी जसरी व्याख्यात्मक घोषणा गरेर एसपिपी पास नगरिने स्पष्ट पारेका हुन्।

‘एसपिपी र एमसिसी केपी ओली गुटकै करामत हो। यो अब क्लियर भइसक्यो। एमसिसी हामीले १२ बुँदे घोषणापत्रसहित पास गर्‍याैँ । तर, एसपिपीमा कुनै १२बुँदे हुनेवाला छैन, खारेज हुन्छ,’ उनले भने।

त्यस्तै, अर्को जिज्ञाशामा उनले गठबन्धन अहिलेकै अवस्थामा निरन्तर रहने र एमालेसँग मिल्ने सम्भावना नरहेको बताए। ‘अहिले गठबन्धन जे हो त्यहीँ रहन्छ। एमालेसँग मिल्नेबारे त्यस्तो केही भएको छैन,’ उनले भने, ‘एक–दुईजना जाने कुरा फरक होला, पार्टीको तर्फबाट छैन।’