१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १ बुधबार o७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिडिया र प्रमुख प्रतिपक्षका कुरा झुटा र भ्रामक : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १ बुधबार o७:o६:oo

एमालेले अनधिकृत व्यक्तिको संलग्नतामा बजेट निर्माण भएको विषय संसदमा उठाएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रस्टीकरण दिएका छन् । उनले आधिकारिक ढंगले नै बजेट निर्माण भएको दाबी गर्दै मिडिया र प्रमुख विपक्षी एमालेले उठाएको कुरा झुटा र भ्रामक भएको बताए ।

‘सबै काम आधिकारिक रूपमा भएका छन् । कुनै पनि अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने झुटा र भ्रामक कुरा हुन्,’ शर्माले भने । उनले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार बजेट निर्माण भएको पनि प्रस्ट्याए ।

‘बजेट तर्जुमासम्बन्धी विषयलाई लिएर केही मिडियामा आएको विषयलाई लिएर मेरो ध्यानाकर्षण भएको छ,’ शर्माले भने, ‘नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारीभित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

बजेट तथा आर्थिक विधेयक तर्जुमाका सन्दर्भमा सचिव र राजस्वसचिव दुईजना सचिव रहेको व्यवस्था रहेको र सोहीअनुसार अर्थ मन्त्रालयमा र मातहतमा रहेका अन्य विभागीय कर्मचारीको तहमा विभिन्नस्तरमा छलफल भएर बजेट निर्माण भएको उनको भनाइ थियो ।