१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Friday, 05 July, 2024
२o७९ जेठ ३० सोमबार १९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले थाल्यो चुनावी समीक्षा : ‘अन्तर्घाती’लाई सम्बन्धित कमिटीले कारबाही गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १९:५७:oo

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको समीक्षा थालेको छ । पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेले चुनावी समीक्षा थालेको हो । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले लोकप्रिय मतमा एमाले अहिले पनि पहिलो शक्ति रहेको दाबी गरे । गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको उनको दाबी छ । 

ज्ञवालीले अन्तर्घातको सन्दर्भमा वडादेखि नै सम्बन्धित कमिटीमा छलफल हुने र सम्बन्धित कमिटीले नै दोषीलाई कारबाही गर्ने बताए । अन्तर्घात र असमझदारीलाई छुट्याएर अगाडि बढ्ने पनि उनले बताए । 

बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने, विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति नदिन पनि आह्वान गरेको छ ।

ad
ad
ad
ad