मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Wednesday, 18 December, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३० सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किसान मल नपाएर छटपटिइरहँदा मन्त्रीजी विदेश सयरमा हुनुहुन्छ : सांसद रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १३:४४:oo

प्रमुख प्रतिपक्ष दल एमालेका सांसद झपटबहादुर रावलले किसानले मल नपाइरहँदा विदेश भ्रमणमा गएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेद व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मल र त्यसको भण्डारणको व्यवस्था गर्न पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै सांसद रावलले कृषिमन्त्रीको विदेश भ्रमणको आलोचना गरेका हुन्। सरकार गठनको एक वर्षभन्दा बढी समय हुन लागिसक्दासमेत सरकार कुम्भकर्णको निद्रामा रहेको उनले बताए

‘मन्त्रीजी किसानको जल्दोबल्दो समस्यामा बेखबर हुनुहुन्छ । उहाँ विदेश सयरमा हुनुहुन्छ भन्ने कुरा मन्त्रालयबाटै सुन्यौँ । किसान मल नपाएर छटपटिरहेका वेला, किसान सिंहदरबारको मुख ताकेर बसिरहेका वेला सम्बन्धित विभागीयमन्त्री कानमा तेल हालेर, किसानको समस्याप्रति बेखबर भएर विदेश सयर गर्ने कृषिमन्त्रीप्रति खेद व्यक्त गर्न चाहन्छु,’ उनले भने।

प्रतिपक्षका सांसदहरूले आफ्नो लेटरप्याडमा लिएर गएको मागपत्र केही मन्त्रीले विपक्षको हो भनेर च्यातेको भन्दै उनले त्यस्ता मन्त्रीको संसदमै भण्डाफोर गर्ने चेतावनीसमेत दिएका छन्।